रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’ « Khabarhub

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न तयार भएको बताएका छन् । बिहीबार संसदलाई सम्बोधन गर्दै सांसद पुनले आफूहरुले धेरै गर्न खोजेको भएपनि नसकेको स्वीकार गरे ।

‘सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न तयार छौँ । हामीले धेरै गर्न खोजेका थियौँ तर गर्न सकेनौँ ।’ उनले भने, ‘नपुगेका कुराहरू हामी खोतल्छौँ ।’

२०६४ सालमा नेकपा माओवादी केन्द्रले बहुमत ल्याएको स्मरण गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभाापति रविलाई आफूहरुले गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् ।

उनले भने, ‘हामी निरन्तर खुम्चियौँ । २०७४ सालमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा माओवादी मिल्दा दुईतिहाइ बहुमत ल्याएका थियौँ, तर त्यसलाई सदुपयोग गर्न जानेनौँ । तपाईहरुले यसबाट पाठ सिक्नुहोस् । लोकतन्त्रलाई सर्भिसिङ गर्नका लागि हामी तयार छौँ ।”

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३० बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली