अध्ययनले भन्छ- सानो उमेरमा कार चलाउँनेहरु धेरै कामुक ! « Khabarhub

अध्ययनले भन्छ- सानो उमेरमा कार चलाउँनेहरु धेरै कामुक !


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक अध्ययन प्रतिवेदनले कार र सेक्स लाइफबीचको सम्बन्ध धेरै नजिक रहेको पत्ता लगाएको छ ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार कुनै मानिसले सानै उमेरमा कार किन्यो भने उसको अभिमान बढ्ने गरेको बताएको छ ।

कार उसका लागि स्टेटस सिम्बोल बन्ने र जोडीलाई त्यही कुराले पनि आकर्षित गर्ने कुरा अध्ययनबाट पत्ता लागेको हो । अध्ययनका अनुसार, कम उमेरमा कार चलाउँहरूको यौन इच्छा र यौनकर्मको सम्भावना दुवै बढ्ने गरेको पत्ता लागेको छ ।

मेक्सिकोमो कोलिमा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको यस अध्ययनले कार हुने मानिसमा यौन इच्छा धेरै हुने गरेको पत्ता लागेको हो । अध्ययनका प्रमुख डेभिड हर्नान्डेजले किशोर अवस्थामै कार चलाउँदा त्यसले सेक्सुअल इन्हान्सरको काम गर्ने र महिलाहरूले पनि कार भएको पुरुषलाई महत्त्व दिने गरेकोले योन इच्छा धेरै हुने गरेको बताएका हुन् ।

सेक्सुआलिटी रिसर्च एण्ड सोसल पोलिसी नामक जर्नलमा प्रकाशित यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले पश्चिमी मेक्सिकोको विश्वविद्यालयका १७ देखि २४ वर्ष उमेरका ८०९ विद्यार्थीसँग यौनजीवनका विषयमा सोधपुछ गरेका थिए ।

त्यसक्रममा विद्यार्थीहरूसँग उनीहरूको यौन व्यवहारका साथै सामाजिक र आर्थिक पक्षका विषयमा प्रश्न सोधिएको थियो । त्यसपछि विद्यार्थीहरूलाई दुई समूहमा बाँडेर अनुसन्धान थालिएको थियो ।

एकथरीसँग कार थियो भने अर्काथरीसँग कार थिएन । अध्ययनमा कम उमेरमा कार किन्ने र चलाउँनेहरुमा यौन इच्छा धेरै रहेको पाइयो । साथै उनीहरूले कम उमेरमै सेक्स गर्ने सम्भावना बढी थियो ।

कार नभएका मानिसभन्दा कार भएकाहरूले दुईगुणा बढी सेक्स गरेको अध्ययनको निष्कर्ष थियो । उनीहरूका सेक्सुअल पार्टनर पनि बढी थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४३ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो