बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवक सार्वजनिक « Khabarhub

बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवक सार्वजनिक


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाल छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

उनी विरुद्ध प्रहरीमा उजुरी परेपछि भागेर भारत पुगेका थिए । भारतको दिल्ली हुँदै उनी कश्मीरमा पुगेर बसेको पाइएको प्रहरीले जनाएको छ । उनी २ महिना अघि भारतबाट फर्किएर घरमा बस्दै आएका थिए । उनी घरमा रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : ४४ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी