बार्सिलोनामा भाल्भार्दे ‘आउट’ हुँदा सेटिन ‘इन’ « Khabarhub

बार्सिलोनामा भाल्भार्दे ‘आउट’ हुँदा सेटिन ‘इन’


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस महारथि बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भार्देलाई बखास्त गरेको छ । सोमबार बेलुका भाल्भार्देलाई बखास्त गरेको बार्सिलोनाले त्यसको केही घण्टाभित्रै नयाँ प्रशिक्षकको जिम्मेवारीमा क्वेक सेटिनलाई दिएको छ ।

५५ बर्षिय भाल्भार्देले टोलीलाई ला लिगामा शीर्ष स्थानमा राख्न सफल भएका थिए । तर, अघिल्लो साता स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएकाभएपछि उनीसँग क्लब रुष्ट बनेको थियो ।

यो खेलमा एट्लेटिकोसँग ३–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना प्रशिक्षक परिवर्तन गर्ने योजनामा लागेको थियो । तर, केही दिनको अन्तरालमै बार्सिलोनाले भाल्भार्देसँगको सम्झौता रद्द गर्दै नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

त्यतिमात्रै होइन अघिल्लो सिजनमा च्याम्पियन्स लिगको फाइनलसम्म पुग्न नसकेको लगायतका कमजोरीलाई बार्सिलोनाले मुल्याङ्कन गर्दै भालभार्देसँग सम्बन्ध तोडेको हो ।

बार्सिलोनाले भित्र्याएका नयाँ प्रशिक्षकको अबको कार्यकाल साढे २ बर्षको रहने छ । बार्सिलोनाले विज्ञप्ती जारी गर्दै निवर्तमान प्रशिक्षकलाई ‘व्यवसायिकता, प्रतिवद्धता र लगानशिलताका’ लागि धन्यवाद भनेको छ ।

बार्सिलोनामा प्रवेश पाएका सेटिन भने तल्लो तहका लिगका टोलीलाई नेतृत्व गरेका प्रशिक्षक हुन् । उनका लागि बार्सिलोना निकै माथिल्लो स्तरको क्लब हो ।

उनले बेटिसमा रहँदा क्लबलाई युरोपा लिगमा छनोट गराएका थिए । उनको २ बर्षे कार्यकालमा बेटिसले बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो ।

विश्लेषकहरुले सेटिन निकै उत्कृष्ट व्यवस्थापक रहेको र अब बार्सिलोनाले आफ्नो खेल देखाउन सक्ने अनुमान लगाएका छन् ।

पूर्वलास पल्मास र बेटिसका प्रशिक्षक टिमलाई ‘फ्रास्ट पेस’, उच्च दबाबको खेल र खेलाडीको पासिङ शैलिमा ध्यान दिने प्रशिक्षक भएको उनीहरुको जिकीर छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : ५१ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको