ओमानका सुत्लानको निधनमा प्रति नेपालका तर्फबाट समवेदना « Khabarhub

ओमानका सुत्लानको निधनमा प्रति नेपालका तर्फबाट समवेदना


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालको तर्फबाट समवेदना प्रकट गरेका छन् ।

मन्त्री पुनले नेपालका तर्फबाट ओमानको सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका हुन् ।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) को १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबीमा रहेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विनतारिक विनताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तानहाइतमलाई हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । त्यसका साथै सुल्तानहाइत मविनतारिक विनताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : २९ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले