विद्युत् सर्ट भई आगलागी हुँदा ४८ लाखको क्षति « Khabarhub

विद्युत् सर्ट भई आगलागी हुँदा ४८ लाखको क्षति


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा ४८ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

आज बिहान करीब ८ बजे बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ४५ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले