कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा विसं २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत्र ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसलालगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चौयाले मिर्चैया नगरपालिका–२ निवासी ५५ वर्षीय रासलाल मण्डललाई पक्राउ गरेको छ ।

पक्राउ परेका मण्डलको साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गरिरहेको भैँसीसहित प्रहरीले सिरहा नगरपालिका–२० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेका चार भैँसीसहित भारतको खजुरी पञ्चयात–४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ । पक्राउ परेका भैँसी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ४ : ०५ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल