माघे संक्रान्तिको अवसरमा चार प्रदेशमा सार्वजनिक बिदा « Khabarhub

माघे संक्रान्तिको अवसरमा चार प्रदेशमा सार्वजनिक बिदा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघे संक्रान्तिको अवसरमा चार प्रदेशले सार्वजनिक बिदा दिएका छन् ।

प्रदेश १, २, ५ र कर्णाली प्रदेशले माघे संक्रान्ति तथा माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रदेश-१ मा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा बुधबार बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश २ सरकारले पनि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश ५ सरकारले थारु समूदायको माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेश ५ मा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

गत वर्ष पनि प्रदेश ५ सरकारले दुई नै बिदा दिएको थियो। यस्तै कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत