माघे संक्रान्तिको अवसरमा चार प्रदेशमा सार्वजनिक बिदा « Khabarhub

माघे संक्रान्तिको अवसरमा चार प्रदेशमा सार्वजनिक बिदा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघे संक्रान्तिको अवसरमा चार प्रदेशले सार्वजनिक बिदा दिएका छन् ।

प्रदेश १, २, ५ र कर्णाली प्रदेशले माघे संक्रान्ति तथा माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रदेश-१ मा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा बुधबार बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश २ सरकारले पनि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश ५ सरकारले थारु समूदायको माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेश ५ मा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

गत वर्ष पनि प्रदेश ५ सरकारले दुई नै बिदा दिएको थियो। यस्तै कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २२ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी