बहुविवाह गर्ने जोडी कारागारमा « Khabarhub

बहुविवाह गर्ने जोडी कारागारमा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- जिल्ला अदालत भोजपुरले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ ।

अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हजार जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई रु २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो । उनीहले गत साउन २३ गते विवाह गरेका थिए । उनीहरुलाई ढकालकी जेठी श्रीमती रेवतीको जाहेरीपछि गत साउन ३० गते पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ४९ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी