‘भ्यालेन्टाइन डे’, प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर | Khabarhub Khabarhub

‘भ्यालेन्टाइन डे’, प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर

२ लाख थान गुलाब आयात


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘विल यु वि माई भ्यालेन्टाइन’ आज फेब्रुअरी १४ सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् ।

प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।

‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ ।

युवापुस्ताले फेबु्रअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।

भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीलाई डे अफ लवका रुपमा मनाइन्छ तर त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई ‘विक अफ लव’का रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ ।

यो भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो जसलाई भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । भ्यालेन्टाइन सप्ताहका अन्य दिनहरूको तुलनामा यो दिन सबैभन्दा विशेष र रोमान्टिक हुन्छ ।

आफ्नो प्रेमी–प्रेमिकासँगको सामिप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा राम्रो अवसरका रुपमा लिइन्छ यो दिनलाई ।

प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठूला गिफ्ट पसलहरूमा प्रेमीहरु भरिभराउ देखिन्छ ।

भ्यालेन्टाइन डे का लागि नेपालमा पछिल्लो एक सातामा मात्रै १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ ।

नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १८ लाख बराबरको गुलाब आयात भएकोमा एक सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ ।

संघअनुसार अघिल्लो वर्ष यस समयमा १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याइने गरिन्छ ।

सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशक यता ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

नँया बसपार्क स्थित आर्चिज ग्यालरीका बिक्रेता राम आर्यालका अनुसार वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेनटाइनका अवसरमा हुने गरको छ । उनले भने यस अवसरमा रातो गुलाफ तथा ‘आइ लभ यु’ लेखिएको विभिन्न उपहार पोष्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, परफ्युम, चकलेट जस्ता सामानको बढी बिक्री हुने गर्दछ ।

प्रणय दिवस विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आए ता पनि समय र परिस्थिति अनुसार यो परिमार्जित हुँदै आएको देखिन्छ । यो युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेरसमूहका व्यक्तिले पनि नेपाली संस्कृति अनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ ।

माया गर्नेहरूका लागि हरेक दिन भ्यालेन्टाइन डे हुनुपर्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाउनेतर्फ ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ५० बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही