ए डिभिजन लिगमा आज ३ खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज ३ खेल हुँदै


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन् । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे शुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ । एनआरटी लिगको पाँचौ जीतको खोजीमा हुनेछ । शेर्पा तेस्रो जीत निकाल्न चाहन्छ ।

दोस्रो खेल मध्यान १२ बजे शुरु हुनेछ । च्यासलविरुद्ध जीत निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जीतले मात्रै पुग्दैन ।

तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजीत हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जीत र जावलाखेलसँग मनाङले हारको समीकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

आज च्यासल पाँचौ जीतको खोजीमा हुनेछ । च्यासलले आफ्ना तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने थ्री स्टारले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।

यस्तै तेस्रो खेलमा जावलाखेल र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा शुरु हुनेछ ।

जावलाखेल र मनाङ दुबैले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । मनाङ भने आज तेस्रो स्थानको लागि भिड्दैछ । तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्न मनाङलाई जीतको विकल्प छैन ।

दिनको दोस्रो खेलमा थ्री स्टारले जीत निकाले मनाङलाई जीत्नैपर्ने दबाब छ । थ्री स्टारको बराबरी तथा हारले मनाङलाई स्वत फाईदा पुग्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : १० बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित