ट्रम्पको स्वागतका लागि बस्ती नै ढाक्ने पर्खाल बनाउँदै भारत | Khabarhub Khabarhub

ट्रम्पको स्वागतका लागि बस्ती नै ढाक्ने पर्खाल बनाउँदै भारत


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् ।

अमेरिकी राष्ट्रपतिको स्वागतका लागि भारतले भव्य तयारी गरिरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् । यस दुईदिवसीय भ्रमणका क्रममा ट्रम्प भारतको अहमदावाद पनि जानेछन् ।

ट्रम्पको स्वागतका लागि ह्युस्टनमा ‘हाउडी मोदी’ जस्तै ‘केम छो ट्रम्प’ कार्यक्रमको आयोजना गरिने छ । गुजराती भाषाको ‘केम छो ट्रम्प’ नेपाली अर्थ ‘तपाई कस्तो हुनुहुन्छ ट्रम्प?’ भन्ने हुन्छ ।

यसै कार्यक्रमबाट ट्रम्पले भारतीय जनतालाई सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि साथमै रहने जनाइएको छ ।

अहमदाबादमा राष्ट्रपति ट्रम्पको सवारी साधनको लावालस्कर जाने सडकमा पर्ने एक झोपड वस्तीलाई लुकाउन पर्खाल बनाउन लागिएपछि यसको विरोध भइरहेको छ ।

यो झोपड वस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरु सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् । अहिले सरकारी कदमको स्थानीयले विरोध गरिरहेका छन् ।

मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अगलो पर्खाल बनाउन लागिएको छ ।

यो पर्खाल करिब ५०० मिटरको हुने बीबीसीले उल्लेख गरेको छ । यसै वस्तीमा करिब २ हजार ५ सय मानिसहरु बस्छन् । स्थानीयहरुले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।

उनीहरुले यो वस्तीले सरकारलाई समस्या भए पक्का घर बनाइदिनुपर्ने बताउँछन् । एक अन्य स्थानीय महिलाले यो पर्खाल नबनाए अमेरिकी राष्ट्रपतिले आफूहरुको समस्या देख्न सक्ने बताइन् ।

तर, सरकारले वास्ताविकता लुकाउन खोजेको उनले बताइन् । यो क्षेत्र विमानस्थल नजिकै छ । प्रायः महत्वपूर्ण व्यक्तिहरुको आगमनमा कपडाले यो क्षेत्रलाई ढाकिन्थ्यो । तर, यो पटक सरकारले पर्खाल बनाएर यो क्षेत्रलाई पूर्णरुपमा लुकाउने काम शुरु गरेको छ ।

स्थानीयहरुले सरकारले यहाँ पर्खाल बनाएर बाटोसमेत बन्द गरिदिएको बताएका छन् । चुनावको समयमा नेताहरु आउँछन् तर, जितेपछि भने फर्किँदैनन् । यो वस्तीमा शौचालय, बिद्युत, र पानीको सुविधान पनि छैन । यहाँका केही गल्लीहरु त हिँड्न लायक पनि छैनन् ।

गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले ह्युस्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए ।

अहमदाबादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचार अनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाई क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । एक अनुमानअनुसार यो क्रममा त्यहाँ करिब एक लाख मानिसहरु उपस्थित रहने छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ५४ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।