प्रहरी जवान रायले आफैंलाई गोली हाने « Khabarhub

प्रहरी जवान रायले आफैंलाई गोली हाने


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज (शुक्रबार) आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिइन् ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भनिन् ।

गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ४३ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,