देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी, काभ्रे, कैलाली, कञ्चनपुर र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-५ ठिङगाबारीस्थित सडकमा किसान चोकबाट ठिङगाबारीतर्फ जाँदै गरेको को.५ त ७८४३ नम्बरको ट्याक्टरबाट लडदा ट्याक्टरको पछाडिको चक्काले किची सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धराज लिम्बुको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रे, पनौती नगरपालिका-१० दाहालटारस्थित सडकमा बा.२७ प ९३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका-१२ फस्कोट बस्ने २१ वर्षीय संजिब तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित सडकमा रोकी राखेको सुदूर पश्चिम प्रदेश ०१-००१ च २६६० नम्बरको पिकअप गाडीबाट खस्दा सोही ठाउँ बस्ने जनक चन्दको छोरा १८ महिनाको टेनिश चन्दको मृत्यु भएको छ । गाडीमा पछाडी खेलिरहेको अवस्थामा गाडीबाट खसेर गम्भीर घाइते भएका उनको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली पुल नजिक से.६ प १७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २३ वर्षीय शिवराज रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौदी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले प्रदेश नम्बर ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोलखुम्बु मुग्ली गाउँपालिका-१ घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रकाश बस्‍नेतको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रे खहरे पाँगु गाउँपालिका-८ घर भई हाल काठमाडौं महाराजगंज बस्ने २४ वर्षीय सनिस थापालाई मलेखु अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : २३ बजे

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको