लागुऔषधसहित चार जना पक्राउ  « Khabarhub

लागुऔषधसहित चार जना पक्राउ 


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।  बुधबार दिउँसो गस्ती गर्ने क्रममा प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नंका दुई मोटरसाइकलसहित छ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ५७ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते