ए डिभिजन लिगः जावलाखेललाई हराउँदै मनाङ तेस्रो स्थानमा सीमित « Khabarhub

ए डिभिजन लिगः जावलाखेललाई हराउँदै मनाङ तेस्रो स्थानमा सीमित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

साविकको विजेता मनाङको जितमा निशान लिम्बुले गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।

जितसँगै मनाङले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी समेत गरेको छ ।

मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र छ । अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ ।

जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

यो सिजनमा आठौं जित हात पारेको मनाङले १३ खेलबाट २८ अंक जोड्यो । मनाङले ८ खेल जित्दा ४ खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो । साविक विजेता मनाङ च्यासल युथ क्लबसँग मात्र पराजित भएको थियो ।

अंक तालिकामा मनाङ र मछिन्द्र क्लबको समान २८ अंक भए पनि मछिन्द्र गोल अन्तरमा अघि छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : २० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते