ए डिभिजन लिगः जावलाखेललाई हराउँदै मनाङ तेस्रो स्थानमा सीमित « Khabarhub

ए डिभिजन लिगः जावलाखेललाई हराउँदै मनाङ तेस्रो स्थानमा सीमित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

साविकको विजेता मनाङको जितमा निशान लिम्बुले गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।

जितसँगै मनाङले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी समेत गरेको छ ।

मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र छ । अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ ।

जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

यो सिजनमा आठौं जित हात पारेको मनाङले १३ खेलबाट २८ अंक जोड्यो । मनाङले ८ खेल जित्दा ४ खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो । साविक विजेता मनाङ च्यासल युथ क्लबसँग मात्र पराजित भएको थियो ।

अंक तालिकामा मनाङ र मछिन्द्र क्लबको समान २८ अंक भए पनि मछिन्द्र गोल अन्तरमा अघि छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : २० बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित