परराष्ट्रमन्त्री सोमबार बङ्गलादेश भ्रमणमा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री सोमबार बङ्गलादेश भ्रमणमा जाँदै


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि सोमबार बङ्गलादेश जाँदैछन् ।

बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा ब‌ंगलादेशको ३ दिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको ५ ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नेछन् ।

मन्त्री ज्ञवालीले बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा प्रवचन दिनेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : १० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट