कटुवा पेस्तोलसहित एक युवक पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित एक युवक पक्राउ


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका ओम बाबुप्रसाद यादव रहेका छन् ।

प्रहरीले सवारीसाधान रोकी चेकजाँच गर्ने क्रममा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो ।

बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १० : ०८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज