रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि « Khabarhub

रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।

’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसंग नियालिएको छ ।’ उनले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् ।

यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न गएका थिए । रोनाल्डो आफ्नो परिवारसंग सात तले घरको माथिल्लो दुई तलामा बस्दै आएका छन्।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ४४ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका