आहा – रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै « Khabarhub

आहा – रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् ।

पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा – रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ ।

साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

मनाङ विभागीय टिम आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।

१८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बाधिक सफल टिम पनि हो ।

यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ५८ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र