भारतमा कोरोनाभाइरसबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित | Khabarhub Khabarhub

भारतमा कोरोनाभाइरसबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका छन् । १० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमितको संख्या बढ्दै गएपछि भारत सरकारले बंगलादेशसँगको रेल तथा बस सेवा वनप एक महिनालाई  बन्द गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि बन्द गरिने रेल तथा बस सेवा अवस्था सामान्य भए आउँदो वैशाख ३ गते खुल्ला हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी