रातारात अंग्रेजी बोलेर भाइरल हुने हजुरआमा « Khabarhub

रातारात अंग्रेजी बोलेर भाइरल हुने हजुरआमा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी बोल्नु हामी धेरै नेपालीका लागी चुनौतीपुर्ण काम हो । अंग्रेजीको ज्ञान विश्वभर उपयोगी भए पनि अधिकाशं मानिस यसलाई सहजै सिक्न सकिरहेका छैनन् ।

तर भारतकी एक वयोवृद्धा भने बिना कक्षागत ज्ञान फरर अंग्रेजी बोल्न सक्छिन् । उनले अंग्रेजी बोलेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिचमा भाइरल बनेको छ ।

भाइरल भिडियोमा सेतो कमिज र रातो साडी लगाएकी एक वयोवृद्धा देखिन्छ । जहाँ उनलाई महात्मा गान्धीका बारेमा भन्न भनिन्छ । र उनी गान्धीका बारेमा फरर अंग्रेजीमा भन्दछिन् । उनले गान्धीको जानकारी दिदै उनको अहिंसा मूलक विचार र प्रेमको विस्तार धाराप्रवाह अंग्रेजी भाषामा नै गर्दछिन् ।

हेर्नुहोस यो भिडियो

भाइरल भिडियोमा फरर अंग्रेजी बोल्ने महिलाको मौलिक भाषा वा देश अंग्रेजी भएको भए उनले बोल्ने अंग्रेजी स्वभाविक हुन्थ्यो होला । तर भारतीय नागरीक रहेकी यि वृद्ध महिलाले अहिलेसम्म कुनै कक्षागत अध्ययन गरेकि छैनन् । तथापी उनी स्वस्पष्ट र दमदार तरीका अंग्रेजी बोल्न सक्छिन् । उनको यति छिटो र फरर अंग्रजी बोल्ने कलाबाट धेरै अहिले प्रभावित भएका छन् ।

यस भिडियोलाई आईपीएस अधिकारी अरुण बोथराले ट्विटरमा शेयर गरेका थिए । जसमा उनले क्याप्सन दिएका छन्, तपाई यि बुजुर्ग महिलाको अंग्रेजी बोल्ने टेष्टमा १० नम्बरमा कति नम्बर दिनुहुन्छ ? उनले शेयर गरेको यो भिडियो अहिले विश्वभर चर्चित बनेको छ । तथापी ति महिलाको बिषयमा भने जानकारी खुलाइएको छैन । जीन्यूजबाट

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३९ बजे

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेट्न दलहरूलाई वकालत पत्र

काठमाडौं– आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न