रातारात अंग्रेजी बोलेर भाइरल हुने हजुरआमा « Khabarhub

रातारात अंग्रेजी बोलेर भाइरल हुने हजुरआमा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी बोल्नु हामी धेरै नेपालीका लागी चुनौतीपुर्ण काम हो । अंग्रेजीको ज्ञान विश्वभर उपयोगी भए पनि अधिकाशं मानिस यसलाई सहजै सिक्न सकिरहेका छैनन् ।

तर भारतकी एक वयोवृद्धा भने बिना कक्षागत ज्ञान फरर अंग्रेजी बोल्न सक्छिन् । उनले अंग्रेजी बोलेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिचमा भाइरल बनेको छ ।

भाइरल भिडियोमा सेतो कमिज र रातो साडी लगाएकी एक वयोवृद्धा देखिन्छ । जहाँ उनलाई महात्मा गान्धीका बारेमा भन्न भनिन्छ । र उनी गान्धीका बारेमा फरर अंग्रेजीमा भन्दछिन् । उनले गान्धीको जानकारी दिदै उनको अहिंसा मूलक विचार र प्रेमको विस्तार धाराप्रवाह अंग्रेजी भाषामा नै गर्दछिन् ।

हेर्नुहोस यो भिडियो

भाइरल भिडियोमा फरर अंग्रेजी बोल्ने महिलाको मौलिक भाषा वा देश अंग्रेजी भएको भए उनले बोल्ने अंग्रेजी स्वभाविक हुन्थ्यो होला । तर भारतीय नागरीक रहेकी यि वृद्ध महिलाले अहिलेसम्म कुनै कक्षागत अध्ययन गरेकि छैनन् । तथापी उनी स्वस्पष्ट र दमदार तरीका अंग्रेजी बोल्न सक्छिन् । उनको यति छिटो र फरर अंग्रजी बोल्ने कलाबाट धेरै अहिले प्रभावित भएका छन् ।

यस भिडियोलाई आईपीएस अधिकारी अरुण बोथराले ट्विटरमा शेयर गरेका थिए । जसमा उनले क्याप्सन दिएका छन्, तपाई यि बुजुर्ग महिलाको अंग्रेजी बोल्ने टेष्टमा १० नम्बरमा कति नम्बर दिनुहुन्छ ? उनले शेयर गरेको यो भिडियो अहिले विश्वभर चर्चित बनेको छ । तथापी ति महिलाको बिषयमा भने जानकारी खुलाइएको छैन । जीन्यूजबाट

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३९ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको