निर्मला पन्तदेखि कुमार पौडेलसम्मका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो « Khabarhub

निर्मला पन्तदेखि कुमार पौडेलसम्मका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ ।

बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे अनुसन्धान गरेको तर कानुनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको औंलाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुरक्षा अधिकारीहरुले पछिल्ला वर्षहरुमा प्रदर्शन नियन्त्रणका नाममा अत्याधिक शक्ति प्रयोग गरेको समेत बताए ।

नेपाल सरकार र सरकारका प्रतिनिधिहरुले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सूची नै प्रकाशित गरेको छ । जसमा जुन २० मा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज भनिएका कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ ।

विभिन्न मानवअधिकारवादी संगठनले यो इन्काउन्टर नक्कली भएको बताए पनि अहिलेसम्म कुनै प्रहरी अधिकारीबिरुद्ध कारवाही नगरिएको विषय रिपोर्टमा समावेश छ ।

निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिराशतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषय पनि रिपोर्टमा उल्लेख छ ।

यस्तै भक्तपुरमा ११ बर्षीय बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा पनि प्रश्न उठाइएको छ ।

जातीय आधारमा हुने भेदभाव, केही आदिवासी समुहलाई भएको भेदभाव, रोजगारका सन्दर्भमा भएको भेदभावलाई पनि रिपोर्टमा उल्लेख गरिएको छ । पछिल्ला बर्षमा समलिंगी तथा तेश्रो लिंगीमाथि हुने दुर्ब्यबहार घटनामा कमी आएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : ३५ बजे

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई