स्किनलाई सुन्दर बनाउने राम्रो उपाय वाक्सिङ्ग « Khabarhub

स्किनलाई सुन्दर बनाउने राम्रो उपाय वाक्सिङ्ग


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छालालाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउन वाक्सिङ्ग जस्तो राम्रो उपाय अङ्गमा अन्य कुनै छैन ।

यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ। वाक्सिङ्ग गरेपछि छाला करिब दुई–तीन हप्तासम्म मुलायम रहन्छ । वाक्स हातखुट्टा, अनुहार, बिकिनी, अन्डरआर्मदेखि सम्पूर्ण शरीरमा गर्न सकिन्छ।

वाक्स गर्दा रौंको फर्किएको डाइरेक्सन हेरेर सुरु गर्नुपर्छ। अन्यथा उल्टो दिशाबाट गर्दा टुट्ने वा दुख्ने समस्या आउँछ । वाक्स गर्दा सकेसम्म २४ घन्टा पानीले भिजाउनु हुँदैन । बिकीनी र अन्डरआर्ममा वाक्स गर्दा डबल डिपिङ्ग गर्नुहुँदैन।

स्टिकले एकपटक वाक्स डोबेपछि अर्को पटक अर्को स्टिक प्रयोग गर्नुपर्छ । वाक्स गरेपछि पानी र साबुनको प्रयोगले स्किनमा छिद्रहरू देखापर्छन् । वाक्सपछि प्रयोग गरिने तेल र मोइस्चराइजर मात्र प्रयोग गर्नुपर्छ।

यी हुन् बढी चल्तीमा रहेका वाक्स

अहिले नेपालमा सफ्ट वाक्स, चकलेट वाक्स, एलोबेरा वाक्स, ब्राजिलियन वाक्स, लिपोसोल्युबल वाक्स बढी प्रयोग गरिन्छ। चकलेट वाक्समा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ।

कोको पाउडर बेस्ड वाक्सले रौं पूर्णपले हट्नुका साथै रातो डाम पनि बस्दैन। यो वाक्स संवेदनशील छालाका लागि पनि उपयुक्त हुन्छ। एलोभेरा वाक्स एलोभेराको लेदोबाट बनेको हो।

यसले छालालाई पोषण दिनुका साथै सुन्दर पनि बनाउँछ । अन्डरआम्र्स र बिकिनी पार्टका लागि अति नै उपयुक्त हुन्छ।

ब्राजिलियन वाक्स पनि हार्ड वाक्सको एउटा किसिम हो, जुन विशेष गरेर बिकिनी एरियाका लागि नै बनाइएको हो। यसले अनावश्यक रौं हटाउँछ।

लिपोसोल्युबल वाक्स ओयल बेस्ड हुन्छ। यसले रौंलाई जराबाट नै हटाउनुका साथै छालाका लागि पनि उपयुक्त हुन्छ। यो वाक्सलाई प्रयोग गर्नुअघि छालामा तेल लगाइन्छ र रौंलाई हटाउन स–साना स्ट्रिप्स प्रयोग गरिन्छ। यस प्रकारका वाक्स धेरै तातो भए पनि यसले छालालाई कुनै किसिमको क्षति पुर्‍याउँदैन।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : १२ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न