मधुमेह रोगीले के खाने, कति खाने ? « Khabarhub

मधुमेह रोगीले के खाने, कति खाने ?


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मधुमेह लागेपछि सामान्यतया पूर्ण रुपमा निको हुँदैन । तर यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ ।

त्यसका लागि खानपान, व्यायाम, जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

पोषणसँग सम्बन्धित रोग भएकाले खानाका साथै शारीरिक क्रियाकलापमा ध्यान दिनुपर्छ। शरीरमा चिनीको मात्रा नियन्त्रण हुन नसके सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ।

मधुमेह नियन्त्रणका लागि के खाने ?

मधुमेह भएकाले यस्तै खाना खानुपर्छ भन्ने निश्चित त हुँदैन ।

शरीर स्वस्थ राख्न तथा दैनिक काम राम्ररी गर्न कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थलगायत पर्याप्त दिने पौष्टिक तत्व आवश्यक मात्रामा समावेश गरिएको सन्तुलित भोजनको आवश्यकता पर्छ।

त्यसमा रोगीको उमेर, लिङ्ग, तौल र उसले गर्ने कामलाई ध्यानमा राख्नुपर्छ। यी सबै कुरा विचार गरेर उसलाई दैनिक चाहिने शक्तिको हिसाब गरिन्छ।

कतिले आफूखुसी नै खानेकुरा बार्छन् । तर खानामा अनावश्यक बन्देज लगाउन ठीक होइन । सम्बन्धित चिकित्सक तथा डाइटिसियनले सिफारिस गरेअनुसार दैनिक भोजनको उपभोग गर्नुपर्छ ।

एउटा स्वस्थ व्यक्तिले भोजनको योजना गर्दा खानामा कार्बोहाइड्रेट ६० देखि ७० प्रतिशत, फ्याट ३० प्रतिशत र प्रोटिन ८ देखि १० प्रतिशत समावेश हुनुपर्छ भने मधुमेह भएका बिरामीलाई कार्बोहाइड्रेट ५० देखि ६० प्रतिशत प्रोटिन १० देखि १५ प्रतिशत र चिल्लो ३० देखि ३५ प्रतिशतसम्म पुर्‍याउनुपर्छ।

डाइबिटिक डाइट १८ सय क्यालोरीको हुनुपर्छ। त्यसका लागि चिनी नराखेको दूध वा चिया १ कप सेवन गर्नुपर्छ। अन्डा एउटा र पाउरोटी २ पिस खानुपर्छ।

बिहानको खानामा ८० ग्राम चामल (पाकेको भात (सानो २ कचौरा), दाल १ कचौरा र हरियो सागपात प्रशस्त मात्रामा समावेश गर्न सकिन्छ। दही वा दूध १ कपका साथै सलाद (काँक्रो, गाजर, मुला) खानु उपयुक्त हुन्छ।

दिउँसोको खाजामा एक कप दूध, हरियो मकै, पास्ता एवं चाउमिन खान सकिन्छ। बेलुकीको खानामा ठिक्क मात्रामा ढिँडो, रोटी, च्याँख्ला, दाल १ कचौरा, मासु वा पनीर ५–६ टुक्रा तथा सलाद इच्छानुसार खान सकिन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : १७ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न