कोरोना भाइरसको संक्रमणबाट जोगिन मोबाइललाई यसरी गर्नुस् सफा « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगिन मोबाइललाई यसरी गर्नुस् सफा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि मानिसले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्ने हुन्छ ।

सरसफाइलाई विशेष ध्यान दिने, किटाणुबाट जोगिने उपायहरु अवलम्बन गर्ने गर्दा यसबाट जोगिन सकिन्छ । त्यसका लागि हात बेलाबेलामा धुनुपर्छ । मास्कको प्रयोग गर्नु पर्छ भने स्यानेटाइजरको प्रयोगमा पनि चिकित्सकहरुले जोड दिएका छन् ।

त्यसबाहेक मानिसले प्राय: जहाँ जाँदा पनि आफूसँगै लैजाने गरेको स्मार्टफोनलाई पनि सफा राख्नुपर्छ ।

मोबाइलफोनलाई कुनै क्षति नपुर्‍याईकन सफा गर्नु पर्ने हुन्छ ।

सूक्ष्मजीव वैज्ञानिकहरूले सामान्य साबुन र पानी प्रयोग गरेर फोन सफा गर्दा त्यसबाट कीटाणुको परिमाण घटाउन सकिने बताएका छन्।

यसरी गर्नुस् मोबाइल सफा

पहिला मोबाइल बन्द गर्नुस् अनि खोल अर्थात कभर निकाल्नुस् ।

कुनै रसायन ह्याण्ड जेल वा खस्रो रुमाल प्रयोग नगर्नुस् । तिनले स्क्रिनको रक्षात्मकखोललाई हानी गर्छन् ।

सामान्य साबुन पानीले काम गर्छ ।

माइक्रोफाइबरले बनेका कपडा भिजाएर सतहमा विस्तारी पुछ्नुहोस्

तर चार्ज गर्ने स्थान वा अन्य पोर्टहरुलाई चिसो नबनाउनुहोस्

अन्तिममा माइक्रोफाइबरले बनेको कपडाले पुछेर ओभानो बनाउनुस्

माइक्रोफाइबर युक्त कपडाका लागि चस्मा पुस्ने कपडाको प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ३० बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले