मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि « Khabarhub

मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि



पोखरा- १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो ।

जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो।

योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४ पटक गोल्डकपमा उपविजेता बनेको पुलिसले आहा रारा ५ पटक जितेको छ भने पहिलो संस्करण क्याराभान गोल्डकपसहित ६ पटक जितेको छ।

शुरुमा क्याराभानका नामबाट सुरु भएको प्रतियोगिताको नाम दोस्रो संस्करण देखि आहा रारा गोल्डकप बनेको थियो।

विजेता टोली मनाङ ले १० लाख पुरस्कार राशी हात पारेको छ भने उपविजेता पुलिस ले ६ लाख पुरस्कार राशि हात पारेको हो ।
निर्धारित खेलमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। तर, थप गरिएको समयमा पनि गोल नभएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको हो।

पेनाल्टी सुटआउटमा मनाङका लागि अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज विके, रञ्जन बिष्टले गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा ४-३ ले जित हात पारेको मनाङका निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकेका थिए ।

उपविजेतामा टुङ्गिएको पुलिसका लमगि पेनाल्टी सुटआउटमा कप्तान भोला सिलवालले, हेम तामाङ, बुद्दिबल तामाङले गोल गर्दा पुलिसका तेज तामाङ र अजित भण्डारीको बल मनाङका अशोक बरालले रोकेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ३७ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट