विप्लव समूहका दलित मुक्तिमोर्चा जिल्ला संयोजक पक्राउ « Khabarhub

विप्लव समूहका दलित मुक्तिमोर्चा जिल्ला संयोजक पक्राउ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् ।

मदाने गाउँपालिकामा सङ्गठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँगाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३९ बजे

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले