कोरोना भाइरस टास्क फोर्सको ब्रिफ्रिङमा रिसाए ट्रम्प « Khabarhub

कोरोना भाइरस टास्क फोर्सको ब्रिफ्रिङमा रिसाए ट्रम्प


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै राज्यमा लागु गरिएको लकडाउन फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गरेका हुन् ।

उनको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन् ।

‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ,’ पत्रकारसँग रिसाउँदै प्रस्तुत भएका ट्रम्पले भने, ‘राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार छ, यो कुरा गभर्नरहरु पनि जान्दछन् ।’

अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन हटाउने तयारी समेत भएको उनले जनाएका छन् ।

अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा निहित छ । लकडाउन हटाउने अधिकार ट्रम्पसँग नरहेको कानूनविद्हरुले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको