पौडीबाज गौरिकाको परिवार क्वारेन्टाइनमा, पितालाई कोरोना संक्रमणको आशंका « Khabarhub

पौडीबाज गौरिकाको परिवार क्वारेन्टाइनमा, पितालाई कोरोना संक्रमणको आशंका


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहको परिवार अहिले क्वारेन्टाइनमा बसेको छ ।

उनका पितालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका भएपछि पूरै परिवार क्वारेन्टाइनमा बसेको हो । गौरिकाको परिवार क्वारेन्टाइन बस्ने अवधि पूरा भएपछि उनले आफूहरु क‍्वारेन्टाइनमा बसेको जानकारी दिएकी हुन् ।

उनले नेपाली नयाँ वर्षकै दिन आफ्नो परिवारको १४ दिने क्वारेन्टाइन पूरा भएको जानकारी दिएकी छिन् । उनले फेसबुकमार्फत नयाँ वर्षको शुभकामना दिँदै नयाँ वर्षकै दिन आफुहरुको क्वारेन्टाइन अवधि पूरा भएको खुलासा गरेकी हुन् ।

https://www.facebook.com/swimgaurika/photos/a.1599642323651911/2747219578894174/?type=3&theater

गौरिकाका पिता पारस सिंह डाक्टर हुन् । उनी पनि कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका छन् । यही क्रममा उनीमा कोरोनाभाइरसको लक्षण देखिएपछि संक्रमणको आशंकामा पूरै परिवार क्वारेन्टाइनमा बसेको उनले उल्लेख गरेकी छिन् ।

उनले यो २ हप्ताको अवधि निकै डरलाग्दो भएको बताएकी छिन् । पूरै परिवारको फोटो पोस्ट गर्दै उनले अहिले भने उनका पिता रिकभर भएको बताएकी छिन् ।

उनले यो भाइरसको संक्रमण फैलिन नदिन घरभित्रै बस्न आग्रह गर्दै लेखेकी छिन् ‘भित्र बसेर यो खतरनाक भाइरसबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कार्यकर्ताहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थप योगदान गरौँ । आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना ।’ गौरिकाको परिवार अमेरिकाको न्यूयोर्कमा बस्छन् जुन अमेरिकाको सबैभन्दाप्रभावित शहर हो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : १३ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ