रोकियो सिन्दुर खेलेर मनाइने सुथः सिया जात्रा | Khabarhub Khabarhub

रोकियो सिन्दुर खेलेर मनाइने सुथः सिया जात्रा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको बिस्केट जात्राका लागि मध्यपुरथिमि–४ को प्रसिद्ध बालकुमारी मन्दिरमा केही दिनअघि मात्रै सुनको गजुर र छाना राखियो । भूकम्पपछि जीर्णोद्धार भइरहेको यो मन्दिरमा वैशाख २ गते हुने भव्य जात्राका लागि मन्दिरलाई तयारी गर्दै मध्यपुरथिमि नगरपालिका र स्थानीय दाताको सहयोगबाट सुनको गजुर र छाना हाल्ने काम सम्पन्न भए पनि स्थानीयवासीले जात्रा भने मनाउन पाएनन् ।

‘जात्राका लागि मन्दिरमा सुनको छाना लगाउने, गजुर हाल्ने काम सम्पन्न गर्‍यौँ तर कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउन र भीडभाड हुन नदिन मध्यपुरथिमि नगरपालिकाले जात्रा रोक्ने निर्णय गर्नुपर्‍यो, आजको दिन बिहानैदेखि हजारौँको भीडमा एकापसमा सिन्दुर दलेर टोलटोलबाट देवताको खट ल्याएर भव्यरूपमा मनाइने सुथः सिया जात्रा यस वर्ष मनाउन सकेनौँ,’ नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

मध्यपुरथिमिका बासिन्दाले हरेक वर्ष वैशाख २ गते बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाउने गर्दै आएका थिए । बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाउने परम्परा छ ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा रहे पनि यस वर्ष सम्झना मात्रै भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । यो जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेपछि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखेर बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुने परम्परा थियो ।

जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउन बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाउने परम्परा यस वर्ष रोकिँदा बालकुमारी र थिमि क्षेत्र बिहानैदेखि सुनसान छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सुथः सिया जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौशी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने, जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने यो जात्राको तयारी भए पनि जात्रा मनाउन नपाएको वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।

मध्यपुरथिमिको बोडेमा आजकै दिन मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा पनि यस वर्ष नहुने भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ४९ बजे

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।