काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।
बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा तीन सातादेखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ ।
लकडाउन जारी भएयता नै नेपालमा अरु १२ जनामा कोरोनाको संक्रमण देखिएर संक्रमितको संख्या १४ पुगेपछि सरकारले अझ कडिकडाउसहितका निर्णय गर्ने बुझिएको छ ।
नेपालमा दोस्रा संक्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको अवधि बुधबार सकिदैछ ।
प्रतिक्रिया