सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतको लण्डनबाट नेपाल आइ अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमणको आशंकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटीका क्रममा तीनै जनाको एन्टिबडी पोजेटिभ देखिएको थियो ।

एन्टिबडी पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरस पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म कोरोना पोजेटिभ देखिएकामध्ये सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जको नारायणी अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरी अस्पतालमा २ जना, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ र ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १ : ४५ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी