कैदीले पनि ‘गाँस काटेर’ दिए लकडाउन प्रभावितलाई राहात « Khabarhub

कैदीले पनि ‘गाँस काटेर’ दिए लकडाउन प्रभावितलाई राहात


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् ।

आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र ५० किलोग्राम नुन दैविक प्रकोप उद्धार समितिलाई आज (मंगलबार) हस्तान्तरण गरेका हुन् ।

‘दुई क्वीन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण गर्‍यौं,’ कारागार कार्यालय कञ्चनपुरमा रहेका कैदीबन्दीका नाइके भीम भट्टले भने, ‘कारागार कोरोनाको उच्च जोखिममा रहेको कुरो प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं ।’

कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कारागारको क्षमता भन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन् । “सामाजिक दुरी समेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन,’ नाइके भट्टले भने, ‘कोरोनाको सन्त्रासले झन समस्या भइरहेको छ ।’

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ०२ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल