सनसिटी अपार्टमेन्टमा बस्ने करिब २ हजार जनाको पनि कोरोना परीक्षण गरिँदै « Khabarhub

सनसिटी अपार्टमेन्टमा बस्ने करिब २ हजार जनाको पनि कोरोना परीक्षण गरिँदै


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेप्सीकोला टाउनप्लानिङ क्षेत्रमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनामा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुने भएको छ ।

गत चैत ५ गते बेलायतको लण्डनबाट आएर सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्न लागिको हो ।

कागेश्वरी मनोहरा नगरपालिका कार्यालय स्रोतका अनुसार उक्त अपार्टमेन्टमा हाल करिब ५ सय परिवारका २ हजार व्यक्ति बस्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्दै आएका सबै जनाको कोरोना परीक्षण मंगलबारबाट नै शुरु भइसकेको जनाएको छ ।

कोरोना संक्रमण देखिएका २ जना एकै परिवारका व्यक्ति हुन् । बेलायतबाट आएका उनीहरु लुकेर बस्दै आएको सूचनाका आधारमा आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी गर्ने क्रममा तीनै जनामा कोरोना संक्रमणेको संकेत जनाउने एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा भर्ना गरिएपछि उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण देखिएकाहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ शुरु गरिएको पनि जानकारी दिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार चैत पहिलो हप्तादेखि अपार्टमेन्टमा आउजाउ गरेका व्यक्तिको समेत खोजी भइरहेको छ ।

अपार्टमेन्टमा आउजाउ गरेका सबै व्यक्तिको पहिचान गरी हाल उनीहरु रहेकै स्थानमा क्वारेन्टाइनमा बस्न लगाइने र सबैको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : २५ बजे

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी