आफ्नो देश नफर्किएका पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था « Khabarhub

आफ्नो देश नफर्किएका पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमका कारण स्वदेश नफर्किएका तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई बन्दीपुर गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् ।

विगत लामो समयदेखि नेपाल भ्रमणमा रहेका उनीहरुलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । ‘नयाँ वर्षको अवसरमा ती पर्यटकलाई गाउँपालिकाको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि उनीहरुलाई समस्या परे गाउँपालिकाले सहयोग गर्छ ।’

लामो समयदेखि नेपालमा रहेका कारण उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले भोलिका दिनमा बास र खाना दुवैको व्यवस्था समेत मिलाउने बारेमा पहल भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकको समस्या समाधानका लागि गाउँपालिका र पर्यटन विकास समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘उनीहरु बन्दीपुरमा बसिन्जेल आउन सक्ने सबै समस्या समाधानका लागि पहल गरिनेछ,’ उनले भने ।

सचिव पौडेलका अनुसार विदेशी पर्यटकले धेरै समयदेखि नेपालमा रहेका कारण पैसा सकिन लागेको, लकडाउनका कारण भनेको समयमा पैसा साट्न नसकिएको गुनासो गरेका छन् । उनीहरुलाई खाना र बासको समस्या परेको खण्डमा पनि गाउँपालिका र पर्यटन विकास समितिको पहलमा उनीहरुलाई खाना र बासको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

नयाँ वर्षमा विदेशीसँग शुभकामना साटासाट

नयाँ वर्ष २०७७ को अवसरमा बन्दीपुर गाउँपालिका र पर्यटन विकास समितिले विदेशी पर्यटकसँग शुभकामना आदानप्रदान गरेका छन् । सोमबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुको समस्या बारे बुझ्ने प्रयास गरेको थियो ।

‘विगतका वर्षमा नयाँ वर्षमा बन्दीपुर खचाखच हुन्थ्यो, तर अहिले कोरोना भाइरसका कारण बन्दीपुर सुनसान छ,’ समितिका सचिव पौडेलले भने, ‘बन्दीपुरमा अलपत्र रहेका पर्यटकसँग शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनायौं ।’

बन्दीपुरमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडका एक जना गरी १२ जना पर्यटक रहेका बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : ०० बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क