लकडाउनले नेपालमा अड्किएका भारतीयहरु भन्छन् : पैसा सकियो, भोकै पर्न थाल्यौँ | Khabarhub Khabarhub

लकडाउनले नेपालमा अड्किएका भारतीयहरु भन्छन् : पैसा सकियो, भोकै पर्न थाल्यौँ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ ।

खासीमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात जनाको परिवार विगत तीन सातादेखि त्रिपालको बास बसिरहेका छन् ।

उनीहरु नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाका लागि चैत पहिलो साता कोहलपुर आएका थिए । तर कोरोना भाइरस सङ्क्रमण हुन नदिन जारी गरिएको लकडाउनका कारण उनीहरु आफ्नो देश फर्कन पाएनन् । पच्चीसमध्ये १६ जनाले आफ्नो मुलुक फर्कन रेलको टिकटसमेत काटिसकेका थिए तर लकडाउनका कारण त्यो रद्द भयो ।

नेपालको सिमवर्ती भारतीय नाका रुपैडियाबाट हैदराबाद पुग्न रेलमार्गमार्फत पाँच दिन लाग्ने गर्छ । ‘हामी आफ्नो देश जान आएका थियौं, लकडाउनका कारण यही रोकियो । अलि अलि कमाएको पैसा पनि सकियो, अहिले हामी गम्भीर पीडित भएका छौं,’ अब्दुर रहमानले भने, ‘भएको रुपैयाँ खाएरै सकियो, अब कसरी बाँच्नु ? यो चिन्ता रर पीडाले हामी ग्रस्त छौं ।’ अझै लकडाउन लम्बिएको खण्डमा आफूहरुलाई निकै समस्या हुने उनले बताए ।

आफूजस्तै धेरै जनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, अहिले हामी समस्या र पीडाले छटपटाइ रहेका छौं,’ अर्का भारतीय नागरिक मोहम्मद अलिले भने, ‘स—साना बालबालिकाहरुको भोकप्यास मेटाउन समस्या परेको छ ।’ राहतका लागि वडा पालिकामा नाम लेखाएको भए पनि एक साता हुँदासमेत राहत नपाएको उनको गुनासो छ । ‘नजिकै बसेको दाईले वडाले राहत दिन्छ भनेर नाम लेखाउनुभयो, खै राहत अझै आएको छैन,’ हुसेन अलिले भने, ‘यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन् । कमाएको पैसा पनि सकियो । अहिले निकै समस्या भएको छ ।’

राहतका लागि आफूहरु दुई/दुई पटक वडा कार्यालयमा गए पनि नागरिकता मागेपछि राहत नपाएको उनको गुनासो छ । उनले भने, ‘हामी त भाँडाकुडा बनाएर खाने मान्छे, सबै कागजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बास बसेको छु । लकडाउन छ, कसरी ल्याउने नागरिकता ? हामीलाई राहत उपलब्ध गराइदिए हुन्थ्यो ।’ उनले आफू केही वर्षदेखि दाङमा भाडामा बस्दै आएको बताए ।

आफ्नो मुलुक भारततर्फ जान आएको बेला उनीजस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको छ । ‘अहिलेसम्म आफ्नो कमाईले गुजारा चलाएका थियौं, लकडाउन लम्बिँदै जाँदा पैसा सकियो । अहिले हातमुख जोर्न धौ–धौ परेको छ,’ उनीहरुले दुखेसो पोखे । उनीहरुको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले खानेकुरा सहयोग गर्न थालेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् । यतिबेला उनीहरुको मुख्य पर्वको समय भए पनि त्रिपालमुनि भोकभोकै बस्नुपरेको उनीहरुको गुनासो छ ।

कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले राहत वितरणका लागि उनीहरुको पनि नामावली सङ्कलन गरिएको र नगरपालिकाले दोस्रो चरणमा उनीहरुलाई राहत वितरण गर्ने बताए । उनले दोस्रो चरणमा राहत वितरणका लागि १५ सयभन्दा बढी नागरिकको नामावली सङ्कलन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ०३ बजे

राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजासहितको नयाँ समझदारीमा जानुपर्ने निष्कर्ष

जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा

आजका समाचार : पूर्वराजा उत्साहित हुँदा दलहरूमा आक्रोश, माओवादी सडकमा उत्रिने र युक्रेन अमेरिकासँग वार्ता गर्न तयार 

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !करिब एक महिनासम्म पोखरामा

रविको आक्रोश- मलाई पुर्न खनेको खाडलमा अब सबै जाकिन्छन्

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले छलकपट

राजावादीले सडक तताउनु आवश्यक छैन : महासचिव पोखरेल

गौशाला– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक