लकडाउनका बेला एम्बुलेन्समा यात्रा गर्ने ४ जना नक्कली बिरामी पक्राउ « Khabarhub

लकडाउनका बेला एम्बुलेन्समा यात्रा गर्ने ४ जना नक्कली बिरामी पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– लकडाउनका बेला बिरामीको भेष धारण गरी एम्बुलेन्समार्फत यात्रा गर्ने व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो ।

अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका दाङको लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रमुख लिलाभक्त बादेले जानकारी दिए ।

मानव परोपकार तथा समाज कल्याण केन्द्रद्वारा सञ्चालित एम्बुलेन्सले उनीहरुलाई रुकुम पश्चिमबाट तुलसीपुर ल्याउँदै थियो ।

प्रकाश बुढाको नामको बिरामी पुर्जा लिएर आउँदै गरेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले गए राति सल्यानको बाङ्गेलाकुरीस्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाइन्टबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ११ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको