लकडाउनका बेला एम्बुलेन्समा यात्रा गर्ने ४ जना नक्कली बिरामी पक्राउ « Khabarhub

लकडाउनका बेला एम्बुलेन्समा यात्रा गर्ने ४ जना नक्कली बिरामी पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– लकडाउनका बेला बिरामीको भेष धारण गरी एम्बुलेन्समार्फत यात्रा गर्ने व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो ।

अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका दाङको लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रमुख लिलाभक्त बादेले जानकारी दिए ।

मानव परोपकार तथा समाज कल्याण केन्द्रद्वारा सञ्चालित एम्बुलेन्सले उनीहरुलाई रुकुम पश्चिमबाट तुलसीपुर ल्याउँदै थियो ।

प्रकाश बुढाको नामको बिरामी पुर्जा लिएर आउँदै गरेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले गए राति सल्यानको बाङ्गेलाकुरीस्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाइन्टबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ११ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर