तातोपानी नाकामा जनप्रतिनिधिलाई पनि प्रतिबन्ध, २० जना चालकलाई पास « Khabarhub

तातोपानी नाकामा जनप्रतिनिधिलाई पनि प्रतिबन्ध, २० जना चालकलाई पास


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक –  चीनबाट अत्यावश्यकीय सामग्री आयातका लागि खुला गरिएको तातोपानी नाकामा जनप्रतिनिधलाई समेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना जोखिम उच्च भएको भन्दै जनप्रतिनिधिलाई प्रतिबन्ध गरिएको उक्त नाकामा सामग्री ढुवानी गर्ने सवारीसाधनका पनि २० जना चालकलाई मात्र पास दिइने भएको छ ।

चिनियाँ अधिकारी र नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी सहभागी रहेको बैठकले चालकलाई मात्रै पास दिने निर्णय गरेको हो ।

सवारी पास, नाकाको सुरक्षासम्बन्धी निर्णयपछि दुवै पक्षबाट नाका सुचारु गर्ने तयारी भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए ।

चीनबाट नेपाल जोड्ने भोटेकोसी गाउँपालिका–२, तातोपानीस्थित मितेरी पुल पारी रहेको चिनियाँ यार्डस्थलसम्म मात्रै सवारी चालक पुग्न पाउनेछन् ।

त्यहाँ चिनियाँ सरकारी अधिकारीहरुले ‘स्प्रे’, स्वास्थ्य परीक्षण लगायतको आवश्यक व्यवस्था गरेपछि २० जना चालकको सवारी पास र यात्रा पुस्तिका बनाइनेछ।

गत बुधबार बेलुकी चीनबाट आवश्यक परीक्षण सकेर १९ बक्सा माक्स र १० बक्सा सेनिटाइजर नेपाल भित्रिएको थियो ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै गत चैत्र १२ गते चीनका २ वटा नाका खुला गर्ने सरकारले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ३६ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको