काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ५९ महिलासहित २ हजार ४२७ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ
यसैगरी ३ सय २० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ३ सय ७० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि २ हजार १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसै गरी ललितपुरबाट ३ सय ९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन जारी राखेको छ ।
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।
प्रतिक्रिया