भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय « Khabarhub

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा भदौ २४ गते घटेको घटनाको छानबिनका लागि समिति गठन गर्ने उल्लेख गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २४ गते ठूलो जनधनको क्षति भएको थियो । यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा प्रतिवेदन तयार पारेको भए पनि २४ गतेको घटनामा थप छानबिन आवश्यक रहेको सुझाव दिएको थियो।

यसै सिफारिसको आधारमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ५१ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल