दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा « Khabarhub

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार बसेको बैठकमा स्वीकृत गरेको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अनुसार, अब सरकारी निकायमा रहेका दलीय ट्रेड युनियनहरू खारेज गरिने भएको छ ।

अब निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सम्पूर्ण राष्ट्रसेवकहरू कुनै पनि राजनीतिक दल, समूह वा स्वार्थ केन्द्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुन पाउने छैनन् ।

यदि कसैले नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा विभागीय कारबाही गरिने स्पष्ट गरिएको छ । साथै, प्रशासनमा रहेका दलीय ट्रेड युनियनहरू खारेज गरिने निर्णय पनि यसै सन्दर्भमा भएको उल्लेख गरिएको छ ।

सरकारले यस कदममार्फत अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाब हटाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था सङ्घीय मामिला सेवा विधेयक ४५ दिनभित्र लागू गरिनेछ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ०३ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति