लकडाउन उल्लघंन गर्ने २ हजार ४२७ जना पक्राउ « Khabarhub

लकडाउन उल्लघंन गर्ने २ हजार ४२७ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ५९ महिलासहित  २ हजार ४२७  जनालाई पक्राउ गरेको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

यसैगरी  ३ सय २० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ३ सय ७० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि २ हजार १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसै गरी ललितपुरबाट ३ सय ९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन जारी राखेको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : १० बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी