कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू) « Khabarhub

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ । 

सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।

पहिलो खण्ड निर्माण सम्पन्न भइसके पनि चक्रपथको दोस्रो खण्ड कलंकी-महाराजगञ्ज विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । सडक विस्तारमा भइरहेको ढिलाइका कारण चक्रपथको स्तरोन्नति र यातायात व्यवस्थापनमा चुनौती कायम छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १२ : १६ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको