निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान « Khabarhub

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज बनाउने उद्देश्यले अघि बढाइएको परियोजनाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ जितेको हो।

हिमाल चढ्ने र पदयात्रामा जानेहरूका लागि भरियाहरूको योगदान निकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच भारी सामान तथा आरोहणका उपकरण बोकेर काम गर्छन्। तर, उनीहरूका लागि सुरक्षित आश्रय र आवश्यक सुविधाको अभाव चुनौतीका रूपमा रहँदै आएको छ।

यही समस्यालाई ध्यानमा राखेर निर्मल पुर्जा (निम्सदाई) को नेतृत्वमा लोबुचेमा पोर्टर हाउस निर्माण गरिएको हो। यसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई विश्राम गर्न र आश्रय लिन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

निम्सदाई फाउन्डेसनका अनुसार, यो परियोजना स्थानीय कामदार, इन्जिनियर, भरिया, समुदाय, दाता तथा विभिन्न साझेदार संस्थाहरूको सामूहिक प्रयासबाट सम्भव भएको हो। दुर्गम हिमाली क्षेत्रमा निर्माण सामग्री पुर्‍याउनदेखि निर्माण कार्य सम्पन्न गर्नसम्म धेरैको योगदान रहेको छ।

सामुदायिक प्रभाव विधामा परियोजना अन्तिम प्रतिस्पर्धीसम्म पुगेको थियो। मुख्य अवार्ड प्राप्त गर्न नसके पनि ‘हाइली कमेन्डेड’ सम्मान पाउनुलाई फाउन्डेसनले परियोजनाको सामाजिक योगदानको कदरका रूपमा लिएको छ।

फाउन्डेसनले यस उपलब्धिले हिमाली समुदायका लागि थप काम गर्ने प्रेरणा मिलेको जनाउँदै पुर्जाको परिकल्पनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । 

हिमालमा काम गर्ने श्रमिकको आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढाइएको यो परियोजनाले पर्वतीय पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने श्रमिकको सुरक्षा र सुविधाबारे पनि ध्यान आकर्षित गरेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १२ : ०७ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।