उदयपुरको एक मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा « Khabarhub

उदयपुरको एक मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ ।

सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यसयता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

त्यसपछि उनीहरू लकडाउन अघिनै भुल्केस्थित मस्जिदमा आएर लुकेर बसेको प्रशासनले दावी गरे पनि स्थानीयवासीले भने लकडाउनकै समयमा उनीहरु आएको बताएका छन् ।

मस्जिदमा उनीहरूसँगै चार नेपालीसमेत  छन । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिममा कोरोना संक्रमण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए ।

त्यसलगत्तै उनीहरुको र्‍यापीड टेष्ट किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षणका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ०३ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर