‘डिभोर्स’ सँग जोडेर गाली गरेपछि रीमाले भनिन् – यति धेरै घृणा किन ? « Khabarhub

‘डिभोर्स’ सँग जोडेर गाली गरेपछि रीमाले भनिन् – यति धेरै घृणा किन ?


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा भिजे रीमा विश्वकर्मा एकाएक विवादमा तानिएकी छिन् । लकडाउनका बेला कालो चिया बनाउन सिकेको भनेर फेसबूक लाइभमार्फत भनेपछि उनी एकाएक विवादमा तानिएकी थिइन् ।

रीमाले केही दिनअघि फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै भनेकी थिइन् – यो लकडाउनमा मैले कालो चिया बनाउन सिकेँ ।

बर्दियाको गुलेरियामा जन्मेकी रीमाले यसो भनेपछि प्रशंसक अचम्ममा परेका थिए । कतिले त तत्काल प्रतिक्रिया जनाउँदै पानी उमाल्न पनि जान्नुभयो कि? भनेर सोधेका थिए ।

कालो चिया पनि बनाउन नजानेको भनेपछि रीमा ट्रोलको शिकार भएकी छिन् । ट्रोल बनाएपछि उनले यसलाई मजाकका रुपमा लिन खोज्दै कमेडी च्याम्पियन चलिरहेको भन्दै हाँसोमा उडाउन खोजेकी थिइन् । तर, मजाक बढी नै भएपछि उनले फेसबूकमार्फत लेखेकी थिइन् – मैले कालो चिया बनाउन सिकेको हो, बम बनाउन होइन ।

यता रीमालाई फ्यानले अझै पनि गाली गरेर म्यासेज गर्न थालेपछि उनी दुःखी बनेकी छिन् । उनलाई फ्यानले इन्स्टाग्राममा समेत गाली गरेका छन् । गाली आएपछि उनले ती गालीलाई स्क्रिनशट गरेर साझा गरेकी छिन् । उनले लेखिन् – यति धेरै घृणा किन ?

एक युवतीले उनलाई लेखेकी छिन् – अझ चिया पकाउन पनि आउँदैन रे, तिमीलाई डिभोर्स नगरे कसले गर्छ ?

निकेश रायमाझी नामक प्रयोगकर्ताले पनि पूर्वपतिले छोड्नु ठीकै भएको भन्दै म्यासेज पठाएका छन् । कालो चिया बनाउन नजानेको कुरालाई रीमाको डिभोर्ससँग ल्याएर जोडिएको छ ।

४ वर्षअघि रीमाले रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । दुई वर्षअघि यी दुईले डिभोर्स गरेका थिए । पुरानो कुरा कोट्याउँदा उनी दुःखी बनेकी छिन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा