स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो « Khabarhub

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ ।

मंगलबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ५६ पुगेको छ ।

स्पेनमा कोरोना भाइरसको कारण आजमात्रै समाचार तयारपार्दासम्म ३०० जनाको ज्यान गएको छ ।

अघिल्लो दिन स्पेनमा एकैदिन मृत्यु हुनेको संख्या घटे पनि पछिल्लो २४ घण्टामा पुनः बढेको हो । यससँगै कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको समग्र संख्या १८ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा तीन हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ७२ हजार नाघेको छ ।

स्पेन युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १९ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख २० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण चीन हुँदै अहिले अमेरिका आक्रान्त बनेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ५० बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको